कारोबारको पहिलो दिन नै भारी अंकले घट्यो सेयर बजार

डिसी नेपाल
१६ फागुन २०७७ १७:०५

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से ठूलो अंकले घटेको छ। दिनभर राताम्मे भएको नेप्से ३ दशमलव १२ प्रतिशत अर्थात ७९ दिशमलव ७४ अंकले घटेर बन्द भयो। यो सँगै नेप्से परिसूचक २४ सय ७४ दशमलव ३९ अंकमा झरेको छ। आइतबार होटल तथा पर्यटनबाहेक समूहमा हरियाली देखिए पनि अन्य सबै उपसमू राताम्मे रहृयो।

आइतबार कुल २ सय ७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढी रकमको कारोबार भयो।

बजारमा चन्न्द्रागिरी हिल्स, सिटिजन्स म्युचल फण्ड, शिखर इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाए। २५ वटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशत तथा त्यो भन्दा धेरैले घट्यो।

आइतबार गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धैरे ७ प्रतिशतले घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *