प्यान्टम प्रिन्टरको आधिकारिक डिलर नेपालमा

डिसी नेपाल
१७ फागुन २०७७ १३:१३

काठमाडौं। प्यान्टम ब्राण्डको प्रिन्टरको नेपालमा आधिकारिक डिलर खुलेको छ । नेपालमा प्यान्टक ब्राण्डका प्रिन्टरको बिक्रीवितरणका लागि राजधानीको न्यूरोडमा प्यान्टम नेपाल प्रा.लि. खुलेको हो । यसले गएको बिहीबारदेखि सेवा सुरु गरेको छ ।

प्यान्टमले लेजर प्रिन्टर र कार्टिज उत्पादन तथा बिक्रीवितरण गर्छन् । केही समयअघि मात्र सुरु भएको यो चिनियाँ ब्राण्ड अहिले बजारमा नयाँ भए पनि राम्रो बजार लिइरहेको छ र उपभोक्ताले पनि यसका उत्पादन मन पराएका छन् । यो प्रिन्टर अहिले चीन, अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण अफ्रिका लगायतका क्षेत्रमा ४० भन्दा धेरै देशहरुमा बिक्रीवतरण हुँदै आएको छ ।

प्यान्टम ब्राण्डका प्रिन्टरहरु सिंगल फंक्सन, मन्टिफंक्सन र हाइस्पिड डुप्लेक्स मोडलमा उपलब्ध छन् । प्यान्टम नेपालले यो ब्राण्डका प्रिन्टरहरु साना तथा मझौला व्यवसाय, शैक्षिक क्षेत्र, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, व्यवसायिक षेत्र, सरकारी कार्यालय लगायतलाई लक्षित गरी बजारमा ल्याइएको बताएको छ । यो ब्राण्डका प्रिन्टरहरुको मूल्य नेपालमा १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *