सेयर बजारमा ६० अंकको पहिरो

डिसी नेपाल
१८ फागुन २०७७ १६:०२

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेको छ। यो सँगै नेप्से परिसूचक २ हजार ४ सय ५५ दशमलव ३३ बिन्दुमा झरेर बन्द भएको छ। गत आइतबार मात्रै सेयर बजार ६ महिना यताकै धेरै झण्डै ८० अंकले घटेको थियो।

मंगलबार २ सय ८ कम्पनीको १ करोड ३१ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भयो।
मंगलबार होटेल एण्ड टुरिजम र टे«डिङ समूहको सेयरमा मात्रै हरियाली देखियो। अन्य समूह सबै राताम्मे भए।
यस दिन व्यापार र होटल तथा पर्यटन समूहबाहेक अन्य सबै समूहको सूचक ओरालो लागेका छन्। सबैभन्दा जीवन बीमा समूहको सूचक ५ सय १९ अंकले घटेको छ। त्यस्तै, निर्जीवन बीमा समूहक ३ सय ४३ अंकले घटेको छ।

मंगलबार समग्र सेयर बजार राताम्मे भएपनि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर पनि मंगलबार ९ दशमलव ८९ प्रतिशतले बढेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *