३ महिने छोराको हत्या गर्ने बाबु पक्राउ

डिसी नेपाल
१८ फागुन २०७७ १६:४५

बैतडी । आफ्नै ३ महिनाको छोराको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पञ्चेश्वर गाउँपालिका ५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दले ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमालाई मंगलबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो।

राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *