सुनको छुराले दाह्री काट्ने सैलुन, लकडाउनले बन्द भएको सैलुनमा अहिले ग्राहकको लाइन

डिसी नेपाल
१९ फागुन २०७७ १०:४७

काठमाडौं। कोरोनाले थुप्रै मानिसलाई बेरोजगार बनायो र व्यापारको गति पनि रोकियो। यस बीच, मानिसहरूले नयाँ–नयाँ प्रयोगहरु गरेर पुनः सफलता पनि प्राप्त गरे । भारतका दुई युवाले भने यस्तो तरिका निकाले कि उनीहरुको पसलमा ग्राहकको लाइन लाग्न थाल्यो । भारतको पुणेनजिकै देहुगाउँमा सैलुन चलाउने यी दुई युवाको पसल लकडाउनमा कैयौं समयसम्म बन्द थियो । पछि सैलुन खोल्न अनुमति त दिइयो तर ग्राहक आएनन् । त्यसपछि यी दुई युवाले निकै रोचक जुक्ति निकाले ।

अविनाश बोरुंदिया र विक्की वाघमारेले अहिले आफ्नो सैलुनमा सुनको छुराले दाह्री काट्न थालेका छन् । अविनाशका अनुसार पसल खुल्न थालेपछि उनीहरुलाई व्यवसायले गति लिने आशा थियो तर उल्टो भयो । ग्राहकहरु कोरोनाको डरले सैलुनमा आउन छाडे । त्यसपछि यी दुईले आफ्नो सैलुनलाई अरुको भन्दा फरक बनाउने बारेमा सोचे ताकि ग्राहकहरु उनीहरुको पसलमा आउन मन पराउन् ।

यी दुईले स्थानीयको जीवनशैलीबारे अध्ययन गर्दा पुणेका मानिसहरुलाई सुनसँग निकै लगाव भएको थाहा पाए । त्यसपछि उनीहरुले सुनको छुरा बनाएर त्यसैले ग्राहकको दाह्री काट्ने आइडिया निकाले । उनीहरुले ८ लाख रुपैयाँ खर्च गरेर ८ तोलाको सुनको छुरा बनाए । सुनको छुरा सैलुनमा आएपछि भने पसलमा आउने ग्राहकको संख्या बढ्न थाल्यो । सुनको छुराले दाह्री काटेवापत यहाँ ग्राहकले १०० रुपैयाँ तिर्नुपर्छ । सामान्य छुराले दाह्री काटेको भने ७० रुपैयाँ पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *