आज फागुन २० गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल – Dcnepal

आज फागुन २० गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७७ साल फागुन २० गते, बिहीबार । सन् २०२१ मार्च ४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन कृष्णपक्ष । षष्ठी  तिथि। चन्द्रमा तुला राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ र सूर्यास्त बेलुकी ६ः४ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साझेदारी काम अघि बढ्नेछ। प्रेममा सम्वन्ध सुधारिनेछ। व्यवसायिक यात्रा सफल हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शत्रुबाधा कम हुुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। ऋण मुक्त भइनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सन्ततिबाट खुसी मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा फाइदा मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मित्रतामा दरार आउनेछ। हिड्डुलबाट समस्या आउनेछ। घरायसी विवाद हुनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको साथ मिल्नेछ। छोटो यात्रा हुनेछ। पारिवारिक जिम्मेवारी थपिनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनको जोहो बढ्नेछ। बाेलीले साथ दिनेछ। आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ। हतारमा काम बिग्रिनेछ। हिड्डुलमा सास्ती बढी हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा झन्झटिलो हुनेछ। पैसाको अभाव रहनेछ। मानसिक परेशानी बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अड्केका काम सुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो