कांग्रेस पदाधिकारी बैठक आज बस्दै

डिसी नेपाल
२० फागुन २०७७ ९:०२

काठमाडाैं । नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दैछ ।  निवास बूढानीलकण्ठस्थित निवासमा संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउँन सभापतिले बैठक बाेलाएका हुन्।

देउवाले दिउँसो २ बजे पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बाेलाएका छन्। कांग्रेसले शीर्षतहमा छलफल गरेर संसदीय दल र केन्द्रीय समितिबाट धारणा अनुमाेदन गर्ने तयारी रहेकाे छ।

फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *