आज फागुन २१ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल फागुन २१ गते, शुक्रबार । सन् २०२१ मार्च ५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन कृष्णपक्ष । सप्तमी तिथि । चन्द्रमा बृश्चिक राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ र सूर्यास्त बेलुकी ६ः५ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा जीत हुनेछ। पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ। पराइको सहायतामा धन जानेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनोरञ्जनमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा पहुँच हुनेछ। अध्ययनको चिन्ता थपिनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मानसिक अशान्ति बढ्नेछ। आफन्तले धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्त्रीपक्षबाट सहयोग आउनेछ। व्यवसायिक यात्रा हुनेछ । जोस र जागरले कार्य सफल हुनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुटुम्ब सुख मिल्नेछ। पूरानो लगानीमा प्रगति देखिन्छ। मीठो खाने लालसा बढ्नेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) खुशीयाली मनमा बढ्नेछ। कला संगीतमा सफलता मिल्नेछ । जिम्मेवारीमा जस मिल्नेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनावस्यक खर्च बढी हुनेछ। बेकारमा भार बेहोर्नु पर्नेछ। साथिभाइमा सरसापटमा धन जानेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पशु चौपायाबाट फाइदा हुनेछ। सवारीसुखमा मोह बढ्नेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिक मोह पलाउनेछ। नेतागणसँग सम्बन्ध बढ्नेछ। कला र क्षमताको कदर मिल्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भाग्यले साथ दिनेछ। विदेशबाट सहयोग आउनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धनको सामान्य क्षति हुनेछ। नयाँ काममा बाधा देखिन्छ। स्वास्थ्यमा समस्या आउनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पतिपत्निबीच मेलमिलाप रहन्छ। साझेदारीमा फाइदा मिल्नेछ। माया प्रेममा मित्रता अघि बढ्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment