ताप्लेजुङका आगलागीपीडितलाई नेता भट्टराईद्वारा पाँच लाख सहयोग

डिसी नेपाल
२१ फागुन २०७७ १६:०९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेका छन्। आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि शुक्रबार उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरेका हुन्।

सो अवसरमा उनले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताए। त्यस्तै, उनले तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने प्रतिवद्धता व्यक्त गरे।

यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।

गत मंगलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन्। उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी संसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *