बलात्कार आरोपी कारागार चलान

डिसी नेपाल
२१ फागुन २०७७ २३:१७

सप्तरी । एक वर्ष अघि भएको बलात्कार घटनाका आरोपितलाई आज अदालतले कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँलाई आज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको हो ।

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । प्रहरीले आज आरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको आँपको बगैँचामा ०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताइन् । पीडितका अनुसार चिनजानका आरोपितले केही जरुरी कुरा गर्नु छ भनी आँपको बगैँचामा लगेर नियन्त्रणमा लिई डर, धाक, धम्की देखाई अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिई बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिए थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *