प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

डिसी नेपाल
२३ फागुन २०७७ १९:१६

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सातौं अधिवेशनको आइतबार बोलाइएको पहिलो बैठक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र प्रचण्ड–माधव समूहले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर फागुन २६ गते दिउँसो १ बजेसम्मलाई बैठक स्थगित गरेको हो ।

बैठकको कार्यसूची अनुसार कानुनमन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषद सम्बन्धी अध्यादेश टेबल गर्दा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेका हुन्।

दुबै दलका सांसहरुले बैठकमा नाराजावी गरिका थिए। मन्त्री श्रेष्ठ अध्यादेश टेबुल गर्न रोष्टममा उभिएपछि दुई दलका सांसदहरुले नारावाजी सुरु गरेका थिए। यसअघि प्रचण्ड–माधव समूहले बैठक नै बहिस्कार गरेको थियो। दलहरूको अवरोधपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका  थिए।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *