एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलामाथि पूर्व मुख्यसचिब पौड्यालको प्रश्न
काठमाडौं। आइतबार सर्वोच्च अदालतले नेकपा नामबारे फैसला गर्दा एक कदम अगाडि बढेर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाईसमेत खारेज गर्दै दुबै दललाई ब्युँताइदिएको छ। सर्वोच्चको यो फैसला आउनुअघि सत्तारुढ दल नेकपाको विवादले गिजलिएको राजनीति थप जेलिन पुगेको छ।
यसरी सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि अदालतको सो फैसलमाथि टिकाटिप्पणी सुरु भएको छ। यसरी टिप्पणी गर्नेमा पूर्व मुख्यसचिव लीलामणी पौड्याल पनि छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भइरहेको पार्टी एकीकरण निर्णय अदालतले बदर गर्न मिल्छ ?’
त्यसो त सर्वोच्चको यो फैसलामाथि पूर्व सचिब खेमराज रेग्मीले पनि प्रश्न उठाएका छन्। उनले पनि एकीकरण बदर गर्ने फैसलामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा यस विषयमा प्रश्न गर्दै सयौं ट्वीट तथा स्टाटसहरु लेखिएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment