एलपिएल : शारदाको दोस्रो जीत

डिसी नेपाल
२३ फागुन २०७७ २०:०१

कैलाली । धनगढीमा जारी लिटर फ्लावर प्रिमियर लिग (एलपिएल)विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा शारदा स्कुलले दोस्रो जीत निकालेको छ । खेलमा विद्या भूषणलाई चार विकेटले पराजित गर्दै शारदाले दोस्रो जित निकालेको हो । पहिले ब्याटिङ गरेको विद्या भूषणले २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनायो । उसका लागि शेर मल्लले ४३ र कप्तान विरेन्द्र नाथले ३८ रन बनाए ।

शारदाका कुम्बा देउवाले तीन तथा अविशेक पाल र सिफ्टेन अन्सारीले दुई/दुई विकेट लिए । विद्या भूषणले दिएको १३४ रनको लक्ष्य शारदाले १९ ओभर दुई बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । शारदाको जीतमा लक्की कडायतले ६७ रनको अर्धशतकीय पारी खेले । उनी खेलको प्लेयर अफ दि म्याच चुनिए । विद्या भूषणका नरेन साउदले तीन विकेट लिए ।

आजको खेलमा शारदा विजयी भएसँगै शारदा र विद्या भूषणको समान चार अङ्क भएको छ । भोलि हुने त्रिनगर मावि र लिटल फ्लवार बीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुङगो लाग्ने बताइएको छ । लिटल फ्लवारले दुई खेलमा एक जीत र एक हार बेहोरेको छ भने त्रिनगरले दुवै खेल गुमाएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले रु एक लाख २० हजार र उपविजेताले रु ६० हजार प्राप्त गर्ने छन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले रु पाँच/पाँच हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *