साउदी अरबको तेलमा हुथीको आक्रमण हुँदा नेपालमा प्रभाव !

डिसी नेपाल
२४ फागुन २०७७ २१:५८

काठमाडौं। नेपाल मागको शतप्रतिश पेट्रेलियम पदार्थ आयात गर्छ। त्यो पनि भारतबाटमात्र। भारतले अघोषित नाकाबन्दी गर्दा केही सय लिटर पेट्रोलियम पदार्थ उत्तरी छिमेकी चीनबाट आयात गरिएको थियो। तर, अहिले फेरि नेपालले पेट्रेलियम पदार्थको आयात दक्षिणी छिमेकी भारतबाटमात्र आयात गर्दै आएको छ।

भारत आफैमा तेल उत्पादन गर्ने मुलुक होइन। भारत कुल मागको करिब ८५ प्रतिशत पेट्रेलियम पदार्थ आयात गर्छ। भारत विश्वमै सबैभन्दा धेरै पेट्रेलियम पदार्थ आयात गर्ने तेस्रो ठूलो मुलुक हो। त्यसैले भारतले अन्य मुलुकबाट आयात गरेको पेट्रोलियम पदार्थ नेपाललाई बेच्दै आएको छ।

भारतले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ साउदी अरबबाट आायत गर्छ। सोही साउदी अरब र उसको छिमेकी यमनमा रहेका विद्रोही हुथी समूहबीच विगत ६ वर्षदेखि संघर्ष जारी छ। हुथीले पछिल्ला दिनहरुमा साउदीका पेट्रोलियम पदार्थ उत्पादन गर्ने कम्पनीहरुमा आक्रमण गरिरहेको छ। जसको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ७१.३७ डलर प्रति ब्यारेल पुगेको छ। केही महिना पहिलो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० डलर प्रति ब्यारेल थियो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा भारतमा पनि मूल्य बढ्नेछ। भारतमा मूल्य बढे नेपालमा स्वतः त्यसको मूल्य बढ्नेछ। भारतमा आयात हुने तेलको मूल्यमा नेपालमा करिब ४० प्रतिशत थप भएर बजार मूल्य निर्धारण हुँदै आएकाले नेपालको अर्थतन्त्रमा यसको सिधा असर पर्दै आएको छ। तेलकै मूल्यका कारण नेपालमा हरेक वस्तुको मूल्य पनि महंगो पर्ने गर्छ। साउदीमा हुथीले गरेको आक्रमणको प्रभाव नेपालसम्म पर्ने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *