मलेसियामा १ जना नेपालीको मृत्यु

डिसी नेपाल
२६ फागुन २०७७ ९:०८

काठमाडौं । मलेसियामा एकजना नेपालीको मृत्यु भएको छ। चितवनको टाँडी घर भएका सुदिप भट्टको मलेसियामा मृत्यु भएको हो।

विगत ९ वर्षदेखि टाउकोमा समस्यका रहेको थियो। ब्रेन ट्यूमर र पानी जमेकोले अप्रेसन गरिएकोथियो। मलेसियाको फेल्क्सोटोनिक कम्पनीमा काम गर्ने उनको मार्च ६ तारिख विहान मृत्यु भएको हो।

मार्च ७ तारिखको नेपाल फिर्ताको टिकट भएको उनको ६ तारिखको राति अफ्ठेरो भएपछि अस्पताल लगिएको थियो। अस्पतालले डिस्चार्ज गरे पछि उनलाई घर फर्काउन टिकट समेत बनाइएको थियो।

उनी जुन २०१२ मा मेलसिया पुगेका थिए। ९ वर्ष लामो समयदेखि उनी ब्रेन ट्युमरको समस्याबाट ग्रसित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *