एमालेसँग सत्ता साझेदारी नगर्ने भन्ने होइन : कर्ण
काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले मुद्दा मिल्ने राजनीतिक दलसँग सत्तासझेदारी गर्ने बताएका छन्।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै नेता कर्णले आफूहरुले अहिल नै कुनै पनि दलसँग सत्ता साझेदारी गर्ने विषयमा निर्णय भइनसकेको तर आफूहरुका मुद्दा सम्वोधन हुने अवस्थामा जुन दलसँग पनि सहकार्य हुन सक्ने बताए।
उनले एमालेसँग पनि सत्ता सहकार्य हुन सक्ने जनाए। यद्यपी आफूहरुले त्यसैका लागि कुनै पनि कार्यादल नबनाएको दाबी गरे। आफ्नो पार्टीका बन्दी रिहाइ गर्ने क्रममा प्रधानमन्त्रीसँग भेट भएको उल्लेख गर्दै उनले कुनै पनि कार्यदल नबनाएको जिकिर गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment