राजश्व सङ्कलन : सात महीनामै वार्षिक लक्ष्य नजिक

डिसी नेपाल
२६ फागुन २०७७ २३:१७

बागलुङ । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रु ८० करोड ३७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि तोकिएको लक्ष्यको १८९।७ प्रतिशत हो । उक्त कार्यालयले माघ मसान्तसम्ममा रु २५ करोड ४३ लाख ४० हजार राजश्व उठाउने लक्ष्य लिए पनि रु ४८ करोड २३ लाख ५७ हजार सङ्कलन गर्न सफल भएको हो ।

चालू आवमा कूल रु ८६ करोड २० लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा सात महिनामै प्रगति वार्षिक लक्ष्यको नजिक पुगेको कार्यालयका प्रमुख कर अधिकृत जनक शर्माले बताउनुभयो । बहाल करतर्फ रु एक करोड ११ लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य तोकिएकामा रु एक करोड सात लाख १९ हजार सङ्कलन भएको जनाइएको छ । यस्तै ब्याजकरतर्फ रु पाँच करोड ७६ लाख ८० हजार लक्ष्य तोकिएकामा रु सात करोड १९ लाख ४४ हजार, मूल्य अभिवृद्धि करतर्फ माघसम्ममा रु १० करोड ६९ लाख ८९ लाख सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २२ करोड सात लाख ३९ हजार सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ २०६.३ प्रतिशत प्रगति भएको हो । अन्तःशुल्क करतर्फ रु एक करोड आठ लाख ७७ हजार राजश्व सङ्कलनको लक्ष्य तोकिएकामा रु एक करोड ६८ लाख ५८ हजार सङ्कलन भएको छ । लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएकाले आउँदो वर्ष लक्ष्य थपिने प्रमुख कर अधिकृत शर्माको भनाइ छ ।

“आउँदो आवमा रु एक अर्ब ५० करोडसम्मको लक्ष्य तोकिन सक्छ”, उनले भने, “सरल र छरितो माध्यमबाट कर तिर्नसक्ने सुविधा करदातालाई दिएका छौँ, छुटका सुविधा पनि छन् ।” कार्यालयले स्थायी लेखा नम्बर ९पान० लिएर आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखसम्मको कारोवार गर्नेलाई विगत चार वर्षको आय विवरणको आय कर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशत फागुन मसान्तसम्म बुझाएमा त्यसअघिका वर्षको कर, शुल्क तथा बाँकी ब्याज मिनाहा गरिने जनाएको छ ।

यस्तै विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिइ कर नबुझाएको भए विगत तीन वर्षको आय विवरण र सोमा लाग्ने कर यही फागुन मसान्तभित्र बुझाएमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *