अकोराबको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

डिसी नेपाल
२७ फागुन २०७७ ११:०७
8
Shares

काठमाडौं। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन्। आज (विहिबार) भएको निर्वाचनबाट गिरी विजयी भएका हुन्।

अकोराबको बरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी निर्विरोध निर्वाचित भएका छन्।  यस्तै, निर्विरोध निर्वाति हुने अन्य सदस्यमा महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा रहेका छन्।

विवादका कारण निर्वाचन ३ दिनपछि सरेको थियो। २५ गते उद्घाटन समारोह हुनु पूर्व नै तत्कालिन अध्यक्ष र सचिवले स्थगन गरेपछि विवाद भएको थियो। २५ गते नै बरिष्ठ उपाध्यक्षको अध्यक्षतामा बैठक बसी उनीहरुलाई स्पष्टिकरण सोधिएको  र निर्वाचन गर्ने निर्णय गरिएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *