घरेलु मैदानमा भारत पराजित

डिसी नेपाल
२८ फागुन २०७७ २२:३९

काठमाडौं । पहिलो टी २० मा घरेलु टोली भारत पाहुना टाली ईंग्ल्याण्डसँग पराजित भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा ईंग्ल्याण्ड ८ विकेटले विजयी भएको हो ।

भारतले दिएको १२५ रनको लक्ष्य ईंग्ल्याण्डले २७ बल बाँकी हुँदा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । त्यसका लागि जेसन रोयले सर्वाधिक ४९ रन बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै जोस बटलरले २८, डेभिड मलानले २४ तथा जोनी बेयरस्टोले २६ रन बनाए । भारतका वाशिंटन सुन्दर र युजवेन्द्र चहलले १ १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो । त्यसका लागि श्रेयस ऐअरले सर्वाधिक ६७ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन । ईंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

जितसँगै ईंग्ल्याण्डले ५ खेलको सिरिजमा अग्रता लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *