चैत महिनाकाे पहिलाे दिन तोलामा ४ सयले उकालाे लाग्याे सुनको मूल्य

डिसी नेपाल
१ चैत २०७७ १२:१०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) तोलामा ४ सयले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २ सयमा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोवार हुनेछ। शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७ सय ५० मा कारोवार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *