लहान विष्फोटको जिम्मा जनतान्त्रिक मुक्ति मोर्चाले लियो
काठमाडौं। सिराहाको लाहानस्थित मालपोत कार्यालयमा भएको विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ। सो भूमिगत समूहका अध्यष जयकृष्ण गोइतले आइतबार विज्ञप्ति जारी गर्दै आफूहरुले प्रेसरकुकर बम विष्फोट गराएको बताएका छन्।
उनले विज्ञप्तिमार्फत स्वतन्त्र तराईँ राज्य नभएसम्म संघर्ष जारी रहनेसमेत बताएका छन्। उनले तराईँमा भ्रष्टाचार बढेकोसमेत उल्लेख गरेका छन्। केही समय शान्त रहेको यो भूमिगत समूहले फेरि तराईमा आतंक मच्चाउने संकेत गरेको छ।
लाहान विष्फोटमा ८ जना घाइते भएका छन्। ती मध्ये एकजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment