रिलायबल इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

डिसी नेपाल
२ चैत २०७७ १८:०४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमित चिज कुमार श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ। कम्पनीले श्रेष्ठको परिवारलाई ६ लाख ४० हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो।

उनीहरूलार्इ कम्पनीको दमौली शाखा प्रमुख जगदिश काफ्लेले ६ लाख ४० हजाररुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। बीमित श्रेष्ठको कालगतीको कारण मृत्यु भएको थियो।

उक्त कार्यक्रममा दमौली शाखा प्रमुख काफ्लेले बीमितहरुलाई समयमानै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीतिअनुरुप दाबी भुक्तानी गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *