राणाकालीन दरबारिया परिकारबारे रोहिणीको ‘राणा कुक बुक’ प्रकाशित

डिसी नेपाल
४ चैत २०७७ १८:५४
500
Shares

काठमाडौं। राणाकालीन दरबारमा पाक्ने परिकार र ती परिकार पकाउने तरिकासमेटर तयार पारिएको द राणा कुक बुक प्रकाशित भएको छ। रोहिणी राणाले लेखेको अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ नामक पुस्तक मंगलबार एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले विमोचन गरेका छन्।

पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका ९ प्रधानमन्त्रीको घरघरमा पाक्ने खाना, प्रकार, पकाउने विधि र खाने संस्कारलाई समेत समेटिएको छ। पुस्तकमा १४० प्रकारका खानाका परिकारको परिचय, बनाउने तरिकाबारे जानकारी दिइएको छ।

खानाको परिकार र बनाउने सौखले गर्दा नै पुस्तक जन्मिएको लेखक राणाले बताइन् । पुस्तक लेख्न धेरै अघि सुरु भए पनि पारिवारिक वयवस्थताले ढिला भएको उनले बताएकी छन्। पूर्वप्रधानसेनापति जर्नेल गौरवशमशेर राणाकी श्रीमती रोहिणी भारतमा जन्मिएकी हुन्।

पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले प्रकाशन गरेको पुस्तक नेपालमा एकता बुक्सले वितरण गर्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *