कोरोना प्रभावः उपचार नपाएर नेपालसहित दक्षिण एसियाली मुलुकमा २ लाखभन्दा धेरैको मृत्यु
काठमाडौं। कोरोनाका कारण स्वास्थ्य सेवामा भएको रोकावटका कारण नेपालसहित दक्षिणी एसियाली देशमा २ लाखा ३९ हजार आमा र बालबालिकाको मृत्यु भएको छ। सँयुक्त राष्ट्र संघले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा यो तथ्यांक दिइएको छ। राष्ट्रसंघले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकालाई केन्द्रमा राखेर गरेको अध्ययनअनुसार बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदन अनुसार दक्षिण एसियाली मुलुकहरुले पछिल्ला वर्षहरुमा जनस्वास्थ्यमा महत्वपूर्ण उपलब्धी प्राप्त गरेका थिए। तर, कोरोनाका कारण स्वास्थ्य सेवामा निकै कठिनाई भोगेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा नेपालमा गम्भीर कुपोसितहरु मध्ये ८० प्रतिशतकोमात्र उपचार भएको र बाँकी २० प्रतिशतको उपचार नै हुन नसकेको उल्लेख गरिएको छ। नेपालमा यो कोरोनाकालमा ४० प्रतिशत एनिमियाका विरामी बढेकोसमेत बताइएको छ।
कोरोनाले महिला र बालबालिकामा पारेको प्रत्येक्ष र अप्रत्यक्ष प्रभावलाई विभिन्न कोणबाट अध्ययन गरी प्रतिवेदन तयार पारिएको छ। यो प्रतिवेदनले यी दक्षिण एसियाली देशहरुमा कोरोनाकालमा अनिच्छत गर्भधारणसमेत उल्लेख्यमात्रामा बढेको देखाएको छ। यस्तै विद्यालय जाने बालबालिकाहरु पनि राम्रोसँग प्रभावित भएको उल्लेख गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment