बाइडेनले पुटिनलाई हत्यारा भनेपछि…

डिसी नेपाल
५ चैत २०७७ ११:३२
240
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे गम्भीर वक्तव्य दिएका छन्। गत वर्ष अमेरिकी चुनावमा हस्तक्षेप गरेको मामिलामा बाइडेनले पुटिनलाई हत्यारा भन्दै यसको मूल्य चुकाउनुपर्ने बताए। बाइडेनको बयानपछि रुष्ट रुसले वासिङ्टनका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। राजदूतलाई यस विषयमा थप छलफल गर्न फिर्ता बोलाइएको बताइएको छ ।

एबीसी न्यूजसँगको अन्तर्वार्ताका क्रममा बाइडेनलाई अमेरिकी गुप्तचर रिपोर्टका बारेमा सोधिएको थियो । उक्त रिपोर्टमा पुटिनले या त चुनावमा हस्तक्षेप गर्ने अपरेशनको निगरानी गरेको वा डोनाल्ड ट्रम्पलाई फाइदा पुग्ने गरी कम्तीमा अनुमोदन गरेको बताइएको छ । यस विषयमा पुटिनले गरेका सबै गलत कामहरु छिट्टै उजागर हुने बाइडेनले बताए ।

उक्त रिपोर्टले बताएअनुसार रुस र इरानले चुनाव परिणामलाई प्रभाव पार्ने षड्यन्त्र गरेका थिए तर कुनै पनि विदेशी हस्तक्षेपले मतदान प्रक्रियामा कुनै प्रभाव पारेको कुनै प्रमाण थिएन। राष्ट्रिय गुप्तचर कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले अमेरिकामा सन् २०२० को निर्वाचनमा विदेशी हस्तक्षेप भएको जानकारी दिएको छ। तथापि, रूसले यसलाई आधारहीन भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *