ज्योति लाइफको आइपीयो बाँडफाँड, यी माध्यमबाट हेर्नुहोस

डिसी नेपाल
१३ चैत २०७७ १५:४८

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको आइपिओमा आवेदन दिएकाहरु मध्ये अधिकतम ५ लाख ९४ हजार आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्।

कुल १८ लाख ४२ हजार ४ सय ९३ जनाको आवेदन परेकोमा आवेदन दिनेमध्ये १२ लाख ३ हजार ८ सय ३३ जनाको हात खाली भएको छ। भने बाँकी रहेका ४४ हजार ६ सय ४५ जनाको आवेदन भने रद्द भएको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले फागुन २१ गतेबाट प्रति कित्ता एकसय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।

आइपिओका नतिजा आइपिओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ हेर्ने वेभसाइटबाट हेर्न सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *