मेडिकल काउन्सिलको परीक्षामा ५३ प्रतिशत चिकित्सक फेल
काठमाडौं। मेडिकल काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्रको परीक्षामा ४७ प्रतिशतमात्र चिकित्सकहरु उत्तिर्ण भएका छन्।
काउन्सिलले शुक्रबार नै परीक्षा लिएर शुक्रबार नै नतिजा सार्वजनिक गरेको छ। कान्सिलका अनुसार ३३० जना नयाँ चिकित्सकहरुले परीक्षा दिएकोमा १५५ जना उत्तिर्ण भएका छन्। ५३ प्रतिशत चिकित्सकहरु फेल भएसँगै उनीहरुले विशेषज्ञ दर्ता प्रमाणपत्र नपाउने भएका हुन्। उनीहरुले चिकित्सकीय अभ्यासका लागि यो प्रमाणपत्र अनिवार्य रुपमा लिनुपर्छ।
काउन्सिलले परीक्षामा फेल हुनेहरुले ३५ दिन भित्र पनुःयोगका लागि निवेदन दिन सक्ने जनाएको छ।
उत्तिर्ण भएकाहरुले प्रमाणपत्रका लागि ३५ दिन भित्र अनलाइन आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ। काउन्सिलले शुक्रबारको परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment