कर्मचारीको हकहितका लागि प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री राउत

डिसी नेपाल
१४ चैत २०७७ २२:३२

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कार्यरत कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मधेशी निजामती कर्मचारी मञ्चले शनिबार जनकपुरमा आयोजना गरेको राष्ट्रिय भेला एवम् सङ्घीय निजामती कर्मचारी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले कर्मचारीको हकहितका लागि प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

प्रदेश सरकारले ल्याएको निजामती कर्मचारी ऐन सङ्घीय ऐनभन्दा अग्रगामी रहेको दावी गर्दै उनले ऐनमा कुनै कुरा छुटन गएको भए कर्मचारीकै सल्लाहमा थपघट गरिने प्रतिवद्धतासमेत व्यक्त गरे । सङ्घीय सरकारले समयमा ऐन कानून नल्याएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समस्याका बाबजुदपनि प्रदेशलाई अग्रगामी दिशामा अगाडि बढाउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, प्रदेश सभासदस्य परमेश्वर साह, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादव र वौद्धिक पेशाकर्मी मञ्चका उपाध्यक्ष जितेन्द्र यादवलगायतका वक्ताले कर्मचारीको हकहित सम्बन्धमा प्रकाश पारेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *