आज चैत १५ गते आइतबार, हाेली पूर्णीमा, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१५ चैत २०७७ ६:३२
756
Shares

आज वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । त्र्याेदशी तिथि । चन्द्रमा कन्या राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः१ र सूर्यास्त बेलुकी ६ः१८ मिनेटमा । आज फागु पूर्णीमा (हाेली)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथीभाइसँग रमाइलोमा खर्च हुनेछ। झमेलाबाट मुक्त भइनेछ। आफन्तसँग वादविवाद हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कला संगीतमा रुचि बढ्नेछ। मिठो खानपिनमा रुचि जानेछ। ठुलाबडाको साथ मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आलस्यताले काम अधुरो हुनेछ। घरायसी कुराले पिरोल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ जिम्मेवारी थपिनेछ। छोटो रमाइलो यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा धनको वृद्धि हुनेछ। वैदेशिक कुराले खुसी बढ्नेछ। भोजनको सुख पाइनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साथिभाइको साथ मिल्नेछ। घरायसी काम फटाफट बन्नेछ। मनोरन्जनमा दिन वित्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  धनको फाइदा अरुलाइ मिल्नेछ। स्वास्थ्यमा बढी खर्च हुनेछ। सरसामान हराउन सक्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषिबाट फाइदा मिल्नेछ। पशुचौपायबाट आम्दामीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन्।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  पुरानो कारोवार मिल्नेछ। रोजगारीको लाभ पाइनेछ। आपसी रमाइलोमा दिन वित्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको थालनीमा समस्या आउनेछ। शंकाले तनाव बढ्नेछ। काममा अपजस मिल्न सक्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक एवं प्रेममा प्रगति हुनेछ। नयाँ मित्रता सम्बन्ध थपिनेछ। कुटुम्बको साथ बढ्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *