राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु

डिसी नेपाल
१५ चैत २०७७ २३:११

डोटी । जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान शुरु भएको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँका नौवटै स्थानीय तहका सबै नागरिकलाई सेवा दिन शुरु गरिएको हो । पहिलो पटक दिपायल सिलगढी नगरपालिकाबाट शुरु गरिएको अभियान अहिले बोगटान फुड्सिल गाउँपालिकाका सबै वडाहरूमा शुरु भएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाका सबै वडा कार्यालयबाट अभियानकै रूपमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले जानकारी दिए । उक्त अभियानको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष भगवती बमले संयुक्त रुपमा उद्घाटन गरे । सबै वडामा राष्ट्रिय परिचयपत्र वितरण अभियान शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लाका अन्य सात स्थानीय तहमा पनि केही दिन भित्रमै अभियान शुरु गरिने जिप्रकाले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *