ओलीले सत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास गरेकाे खनाल नेपाल समूहको आरोप
काठमाडौं । एमालेको खनाल नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि भएको कारबाही स्वीकार्य नहुने बताएको छ ।
सोमबार पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका थिए।
मंगलबार खनाल नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य जारी गर्दै कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ । उनीहरुले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने अध्यक्ष ओलीको दुष्प्रयास भएको आरोप लगाएका छन् । यस्तै उनीहरूको बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment