महोत्तरीमा घाँस काट्न गएका ८ जना बेपत्ता, खोजी कार्य जारी

डिसी नेपाल
१८ चैत २०७७ ९:१०

काठमाडौं । महोत्तरीमा घाँस काटन गएकी ८ जना बालिका सम्पर्क विहीन भएकी छन्। मंगलबार साँझ खेतमा घाँसकाटन गएका उनीहरु सम्पर्क विहीन भएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजीपी धिरजप्रताप सिंहजे जानकारी दिए।

सिंहले डिसी नेपालसँग भने, ‘अहिले नेपाल प्रहरी, स्थानीयहरु र सरोकारवाला सबै मिलेर खोजी कार्य भइरहेको छ। वालिका र किशोरी गरी जम्मा ८ जना रहेका छन्।’

प्रदेश नं. २ का प्रहरी प्रमुख डिआइजीपी सिंहले अनुसार उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको छ। उनले एकैपटक ८ वालिका/किशोरी सम्पर्कबिहीन हुनु गम्भीर भएको जनाए।

‘हामीले सीमा बन्द गरेका छौं,’ प्रहरी प्रमुख डिआईजीपी सिंहले भने, ‘सबै तिर खोजतलास जारी छ। तर, हिजैदेखि खोजीको कार्य जारी भए पनि अहिलेसम्म केही पत्ता लागेको छैन।’

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवानलगायत बेपत्ता भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *