थप १ सय ६२ जनामा कोरोना, सक्रिय संक्रमित १४ सय ९३

डिसी नेपाल
१८ चैत २०७७ १७:१०

काठमाडौं । बुधबार नेपालमा थप १ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १४ सय ९३ रहेको छ । पछिल्लो २४ घण्टामा ५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ७१ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *