महोत्तरीमा अज्ञात समूहको गोली लागेर युवक घाइते

डिसी नेपाल
१८ चैत २०७७ २३:०७

काठमाडौं । महोत्तरीको औरहीमा अज्ञात समुहको गोली लागेर एक युवक घाइते भएका छन् ।

औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षीय रोशन कोइराला घाइते भएका छन् । उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा हस्पिटलमा राखिएको र थप उपचारका लागि काठमाडौं लग्ने तयारी भईरहेको बर्दिवास नगरपालिका १ का वडाध्यक्ष चुडामणी पोखरेल (श्रृषि)ले जानकारी दिए ।

घाइते कोइरालाको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । ‘घाइतेको हातमा चोट लागेको छ, अवस्था सामान्य नै छ । घट्ना गौशाला इलाका क्षेत्रमा हो उहाँहरुले अनुसन्धान गर्दै हुनुहुन्छ ।’इलाका प्रहरी कार्यालय बर्दिबासका एक प्रहरी अधिकृतले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *