राष्ट्रपति चुरे-मधेस संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त
फाइल फाेटाे
काठमाडौं। सरकारले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले समितिको अध्यक्षमा वन विज्ञ डा. किरण पौडेललाई नियुक्त गरेको हो। यसैगरी सदस्यमा पूर्व जर्नेल संरक्षणविद बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल शशि शर्मा र भेषराज आचार्यलाई नियुक्ती गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
अध्यक्षमा नियुक्ती भएका डा. पौडेल अनुसन्धानमा क्षेत्रमा लागेका वन विज्ञ हुन्। पूर्व जर्नेल कार्की राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक हुन्। प्रकृति संरक्षणको क्षेत्रमा लामो अनुभव राख्ने कार्की डिसी नेपाल नेपालका वातावरण लेखक पनि हुन्।
समितिको पदपूर्तिपछि तीव्र दोहन र विनासमा परेको चुरे इलाकाको संरक्षणमा सकारात्मक परिवर्तन आउने विज्ञको बुझाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment