प्रधानमन्त्रीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै

डिसी नेपाल
२१ चैत २०७७ ९:२१
124
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै छन्। प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागेकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।

सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ। सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ। ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *