मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

डिसी नेपाल
२१ चैत २०७७ १८:५०

मुगु । मुगुस्थित सोरु गाँउपालिकाबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । साथै पाँच जना घाइते भएका छन् ।

सोरु गाँउपालिका ८ तारापानीबाट सदरमुकाम गमगढी आउँदै गरेको ग ३ च ११८८ नम्बरको जीप शनिबार दिउँसो १ बजे सोरु गाँउपालिका ८ कच्चेकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।

जीप छ जना यात्रुहरु बोकेर सदरमुकाम गमगढी आउँदै गरेको थियो । सडकबाट जीप ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । मृत्यु हुनेमा सोरु गाँउपालिका—७ निबासी बर्ष ३० कि गिरीकला बुढाको रहेकी छन् भने अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिमदत्त जोशीले जानकारी दिए ।

घाइते हुनेहरुमा सोरु गाँउपालिका ७ निबासी बर्ष २१ का जीप चालक गोबिन्द्र बिष्ट सोही वडाका २५ बर्षिय ललिजङ्ग बुढा, बर्ष २८ का ज्ञानबहादुर बुढा, रत्न बिक र छाँयानाथ रारा नगरपालिका १ का ४८ बर्षिय कलबहादुर मल्ल रहेको प्रनि जोशीले बताए ।

घाइतेहरु सबैको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको र उनीहरुको रिर्पोट आई नसकेकाले अवस्था के कस्तो छ भन्न नसकिएको जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *