भारतमा नेपाली युवाको मृत्यु, शव नेपाल पुर्‍याइदिन दुतावासलाई आमा बुवाको आग्रह

डिसी नेपाल
२१ चैत २०७७ २०:३८

नयाँदिल्ली । भारतमा एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । दैलेख दुल्लु नगरपालिका ३ घर भएका २४ बर्षिय बम बहादुर कार्कीले भारतको हैदराबादमा गयराती झुन्डिएर आत्महत्या गरेका हुन् ।

रोजगारीको शिलशिलामा भारतको हैदराबादमा काम गर्दै आएका कार्की शुक्रबार राती श्रीमतीसँग सामान्य विवाद भएपछि बाहिर निक्लिएका थिए । शनिबार बिहान उनी हैदराबाद लिगमपल्ली एम आई जी कोलोनिको पछाडि रहेको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

उनको शव पोस्टमार्टमका लागि हैदराबाद पुलिसद्वारा पठान चौक गभरमेन्ट अस्पतालमा राखिएको छ। अहिले सम्म पोस्टमार्टम रिपोर्ट नआएको हैदराबाद पुलिसले जनाएको छ। कसैसँग कुनै विवाद नभएको तर केहि पारिवारिक समस्याले मानसिक तनावका कारण कार्कीले आत्महत्या गरेको हुनसक्ने स्थानियले जानकारी दिएका छन्।

फास्ट फूड कुकको काम गर्दै आएका मृतक कार्की हैदराबादको लिगमपल्लीमा श्रीमती तुलसीसँग बसोवास गर्दै आएका थिए । विवाह भएको ६ वर्षसम्म पनि सन्तान नभएका कारणले दुवैमा मानसिक तनाब रहेको नजिकैका जानकारले डिसी नेपाललाई बताए। उक्त स्थानमा मृककी श्रीमतीबाहेक कोहीपनि आफन्त नभएले लास अलपत्र परेको छ। भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेका कारण नेपालबाट आफन्त भारत आउन असम्भव हुने भएकाले मृतकका आमा बुवाले नेपाल सरकार र दिल्लीस्थित नेपाली दुतावासलगायत विभिन्न संघ संस्थालाइ छोराको लास नेपाल सम्म पुर्‍याइदिन आग्रह गरेका छन्।

घटनाको जानकारी पाउनसाथ नेपाल मजदुर एकता समाज पिडित परिवारलाई सहयोग गर्नका निम्ति सक्रिय देखिएको छ। संस्थाका भारतका उपाध्यक्ष राजेन्द्र कुवरले पिडित परिवारका सम्पर्कमा आएको र अब सरकार मार्फत लासलाई नेपालसम्म पुर्‍याउन कानुनि पक्रिया अगाडि बढाउने जानकारी दिए।

संस्था अध्यक्ष तेज बहादुर कार्कीले परराष्ट्र मन्त्रालयद्वारा भारतदेखि लास नेपाल ल्याउन सहयोग गर्ने आश्वासन दिएको बताए । तर, भारतको राजधानी नयाँदिल्ली स्थित नेपाली दुताबासलाइ बारम्बार कल सम्पर्क गर्दा पनि कल नउठेको साथै राजदूतको मोबाइलमा पनि कल नउठेको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *