दुबइमा नग्न भएर बाल्कोनीमा पोज दिने दर्जन महिला पक्राउ, किन गरेका थिए यस्तो हर्कत ?

डिसी नेपाल
२३ चैत २०७७ १२:१०

काठमाडौं। दुबइ पुलिसले बाल्कोनीमा नग्न भएर पोज दिने केही महिलाहरुलाई पक्राउ गरेको छ । पुलिसले यी महिलाहरुलाई सार्वजनिक रुपमा अनैतिक आचरण गरेको अभियोगमा पक्राउ गरिएको जनाएको छ । यी महिलाहरुको तस्वीर र भिडियो सामाजिक संजालमा भाइरल भइरहेको थियो । फोटो र भिडियो भाइरल भएपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको हो । फोटोमा दर्जनभन्दा बढी महिलाहरुलाई एक सुटको लागि पोज दिइरहेको देखिन्छ ।

दुबइको एक पश क्षेत्रको बाल्कोनीमा उभिएका यी महिलाहरुको तस्वीर एक व्यवसायिक फोटोग्राफरले खिचिरहेका थिए । तर, अर्को बाल्कोनीमा भएका अर्का एक व्यक्तिले समेत यी महिलाहरुको फोटो खिचेर भाइरल गरिदिए । द नेशनलको एक रिपोर्टमा यो पब्लिसिटी स्टन्ट हुन सक्ने बताइएको छ । रिपोर्टअनुसार यी महिलाहरुलाई ६ महिनासम्म जेल सजाय सुनाइन सक्छ । साथमा उनीहरुलाई ५ हजार दिराम (१ लाख ६० हजार रुपैयाँ) जरिवाना समेत हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *