२३ सुरक्षाकर्मी मारिदिएपछि माओवादीले भारत सरकारलाई सन्देश पठायो

डिसी नेपाल
२३ चैत २०७७ १७:०९

काठमाडौं। भारतको झारखण्डमा माओवादीसँगको मुठभेडमा २४ सैनिक मारिएको भारतीय संचारमाध्यमले बताएकोमा २३ जना मात्रै मारिएको खुलासा भएको छ । मारिएको भनिएका एक जना सुरक्षाकर्मी माओवादीको नियन्त्रणमा रहेको माओवादीले ह्वाट्सएपमार्फत एक सन्देश पठाएर बताएका छन् । मुठभेडमा २४ जना सुरक्षाकर्मी मारिएको भनिए पनि २३ जनाको मात्र शव भेटिएको थियो ।

माओवादीले भारत सरकारलाई सन्देश पठाउँदै माओवादीले १ जना जवाफ आफूहरुसँग रहेको बताएको छ । जवान सुरक्षित आफूहरुले ती जवानलाई कुनै नोक्सानी नपुर्याउने पनि सन्देशमा भनिएको छ । कोबरा बटालियनका यी जवानको नाम राकेश्वर सिंह मनहास हो । उनी जम्मु कश्मिरका हुन् । बीजापुरका एसपी कमल लोचनले यी जवानको लोकेसन नपाइएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *