चोरीका मोटरसाइकल बरामद

डिसी नेपाल
२३ चैत २०७७ २०:३७

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले चोरीका सात वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइकल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइकल बरामद गरिएको उनले बताए । चोरीको मोटरसाइकल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।

बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *