दुबइमा नग्न पोज दिने ४० महिलाहरुबारे खुलासा, उनीहरु को थिए ? किन र कहाँबाट आए ?

डिसी नेपाल
२४ चैत २०७७ ११:०८

काठमाडौं। दुबइमा बाल्कोनीमा नग्न पोज दिने महिलाहरु सबै मोडल भएको र उनीहरुमध्ये धेरैजसो युक्रेनका भएको खुलासा भएको छ । यससँगै यसअघि समाचारमा आएजस्तो उनीहरु १२ जना नभइ ४० जना थिए । यी मोडलहरु सोभियत युनियनबाट टुक्रिएका देशहरु रुस, बेलारुस र मोल्दोभाका थिए तर तीमध्ये ११ जना युक्रेनका भएको त्यहाँको विदेश मन्त्रालयले पुष्टि गरेको डेलीमेलले जनाएको छ

यी मोडलहरुको फोटोसुट आयोजकको रुपमा पक्राउ परेका व्यक्ति रुसका नागरिक ३३ वर्षका एलेक्सेइ कोन्स्तोभ भएको रुसी मिडियाले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी गर्लफ्रेण्ड दावी गरिएकी पूर्व ओलम्पिक खेलाडी एलिना कबाएबाको स्वामित्वको मिडिया समूहले संचालन गर्ने अखबार लाइफका अनुसार यो परियोजनाका ४० मोडलहरु संलग्न थिए ।

सार्वजनिक भएको भिडियो र तस्वीरमा ती मोडलमध्ये थोरै मात्रै देखिएका थिए । पक्राउ परेका उनीहरुलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने बताइएको छ । दुबइको कानुनमा यसप्रकारको नग्नताजन्य व्यवहारका लागि ६ महिना जेल सजाय हुन सक्छ । दुबइमा पोर्नोग्राफिक सामग्री सेयर गर्नु गम्भीर अपराध मानिन्छ जसमा आजीवन कारावाससम्मको सजाय र ५ लाख दिरामसम्म जरिवाना हुन सक्छ । यो देशको कानुन इस्लामिक शरिया कानुनमा आधारित छ ।

यी मोडलहरुको फोटोशुट अमेरिकी वयस्क वेबसाइटको इजरायली संस्करणको लागि गरिएको हुन सक्ने आशंका गरिएको थियो । युक्रेनको विदेश मन्त्रालयले आफ्ना ११ महिला नागरिक दुबइमा पक्राउ परेको विश्वास गरिएको बताएको छ । दुबइको सरकारी अखबार द नेशनलले यसलाई पब्लिसिटी स्टन्ट भनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *