बुधबार थप ३३९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २ हजार २०१

डिसी नेपाल
२५ चैत २०७७ १७:१६

काठमाडौं । बुधबार नेपालमा थप ३ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार डणढ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा ७४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ५२९ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ६५जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ९८ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *