आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

डिसी नेपाल
२५ चैत २०७७ १८:१६

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *