म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन

डिसी नेपाल
२५ चैत २०७७ २०:४७

काठमाडौं। म्यानमारमा सैन्य कू विरुद्ध भएको जनप्रदर्शनमा सेनाले अधिक बल गरेको विरोधमा नेपालमा बिहीबार विरोध प्रदर्शन भएको छ। शान्तिवादीहरुले आँखा÷निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर काठमाडौंको बौद्धमा प्रदर्शन गरेका हुन्।

म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु गीता तिमल्सिना, दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो।

प्रदर्शनमा सहभागिहरुले म्यानमारका नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनमा गोकर्णेश्वर नपाका उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाएका थिए।

बिहीबार शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि म्यानमारका नागरिकको जीवन रक्षा तथा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन्। म्यानमारमा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *