डढेलो लागेकोप्रति राष्ट्रपति भण्डारी चिन्तित

डिसी नेपाल
२६ चैत २०७७ १७:००
68
Shares

काठमाडौं। देशका विभिन्न भागमा डढेलो लागेकोप्रति राष्ट्रपति विद्यादेवी भण्डारी चिन्तित भएकी छन्। बिहीबार उनले डढेलो लागेकोमा चिन्ता प्रकट गर्दै डढेलो नियन्त्रणमा लाग्न जनप्रतिनिधि तथा प्रकृति प्रेमीहरुलाई आग्रहसमेत गरेकी छन्।

ट्वी६ गर्दै राष्ट्रपति भण्डारीले विगत केही दिन यता डढेलोको कारण वायु प्रदुषण बढेको भन्दै वायु प्रदुषण रोक्न सबैको सहकार्य हुनुपर्ने बताएकी छन्। डढेलो र वर्षा नभएका कारण विगत केही दिन यता देशभरको वायु प्रदुषण खतराको बिन्दुमा पुगेको छ।

काठमाडौं विश्वमै प्रदुषित सहरको एक नम्बरमासमेत परेको छ। यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले ट्वीटमार्फत चिन्ता व्यक्त गरेकी हुन्। उनले लेखेकी छन्, ‘जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚औद्योगिक र सवारी साधनको धुवाँ‚धुलो आदिबाट देशैभर वायु प्रदुषण बढ्नु चिन्ताको विषय हो। डढेलो नियन्त्रण गर्दै वायु प्रदुषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जनप्रतिनिधि‚ विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु।’

वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार बिहीबार अपरान्हसम्म देशका १०३ स्थानमा डढेलो लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *