शान्ति नेपाली समाज बेलायतको नयाँ कार्यसमिति चयन

डिसी नेपाल
२६ चैत २०७७ २१:४४

लन्डन। बेलायतमा रहेका प्रवासी नेपालीहरुको संस्था शान्ति नेपाली समाज बेलायतले नयाँ कार्यसमिति चयन गरेको छ। ५ अप्रिल भएको भेलाले समाजको अध्यक्षमा भोजराज भण्डारी, उपाध्यक्षमा गोकर्ण हुमागाई र कमला ढकाल, सचिबमा महेन्द्र काफ्ले र सह सचिबमा पदम शाहीलाई निर्विरोध चयन गरेको छ।

संस्थाको कोषाध्यक्षमा दिनेश कंडेल, सह कोषाध्यक्षमा रामेश्वर अर्याल र सदस्यहरुमा निशान्त बर्जाचार्य, छुमकला (माया) पाण्डे, राजु खत्री, सशांक शर्मा, राजु (ढल बहादुर) खत्री, बाबुराम भुसाल , डी एन खरेल, यादव बिक, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी र कृष्ण खरेल चयन भएका छन्।

सन् २०१८ मा लिला थापाको अध्यक्षतामा गठन भएको कार्य समितिको कार्यकाल यस वर्ष अप्रिलमा सकिएसँगै नयाँ कार्यसमिति चयन गरिएको हो।

हालसम्म ९७० सक्रिय सदस्य बनाइ नयाँ सफलता हासिल गरेको संस्थाले नेपालमा पनि विभिन्न सहयोग राहत, विद्यार्थीको पठनपाठन र अन्य सेवामुलक काम गर्दै अहिरहेको छ। र्सस्थाको बाजा टिम, क्रिकेट टिम , भलिबल टिम र फुटबल टिम रहेको निवर्तमान अध्यक्ष लिला थापाले जानकारी दिइन्।

संस्थाका निवर्तमान सचिब प्रविन खरालका अनुसार हालसम्म कोरोना भाइरसका बाबजुत पनि बेलायतको वेस्ट मिडल्यान्ड्स तथा अन्य विभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरुलाई आफ्नो राष्ट्र अनि कला संस्कृतिको नाममा ऐक्यबद्धता गराउने काम गर्दै आएको छ। समाजको स्थापना सन् २०१२ मा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *