जसले २ दिनमै गुमाए २४ खर्ब रुपैयाँ

डिसी नेपाल
२७ चैत २०७७ २०:५०
4.5k
Shares

काठमाडौं। कुनै कम्पनी वा व्यक्तिले दुई दिनमा कति घाटा ब्यहोर्न सक्छ ? लाख, करोड वा अर्व। होइन खर्ब पनि गुमाउन सक्छ भन्ने एक आश्चार्यजक घटना भएको छ। आधुनिक फाइनेन्सियल इतिहासमा यो पतनलाई सबैभन्दा ठूलो र भयानक भनिएको छ।

दक्षिण कोरियाका ५७ वर्षीय बिजनेश म्यान सुन्ग कुक ह्वांगले दुई दिनमा २० बिलियन डलर (करिब २४ खर्ब नेपाली) गुमाएका छन्। दक्षिण कोरियाबाट अमेरिका पढाइएका लागि गएका उनले अमेरिकामै कम्पनी स्थापना गरेर ठूलो रकम आर्जन गरेका थिए।

उनले एशियन सेयर बजारमा ठूलो लगानी गरेका थिए। उनको पोर्टफोलियोमा फेसबुक, अमेजन, लिंक्डेन, नेटफ्लिक्स जस्ता कम्पनी पनि समावेश भइसकेका थिए। उनले १०० बिलियन डलरको पोर्टफोलियो बनाइसकेका थिए।

तर, एक झड्काले उनले २० बिलियन डलर गुमाउन पुगेका हुन्। उनको कम्पनीले २० बिलियन डलरको वायाकोमसीबीए कम्पनीको सेयर खरिद गरेका थिए। जब सो कम्पनीको सेयर मूल्यमा भारी गिरावट आयो उनले लोन लिएको बैंकले रकम माग्यो। जब उनले बैंकको रकम चुक्ता गर्न सकेनन्, बैंकले सो सेयर बेचेर आफ्नो असली गर्यो। यो सबै घटना दुई दिनमै भएको हो। यो पतनलाई आर्थिक इतिहासकै नाटकीय र उच्च भनिएको छ। (एजेन्सी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *