कुरानको स्टिकर उक्काएको आरोपमा दुई जना क्रिस्चियन नर्सलाई मृत्युदण्ड

डिसी नेपाल
३१ चैत २०७७ १३:५०

काठमाडौं। साथीको लकरमा टाँसिएको कुरानको स्टिकरलाई कथित रुपमा उक्काएको आरोपमा दुई जना क्रिस्चियन नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको फैसाबादमा मरयम लाल र नेवस उरुजलाई पुलिसले ईशनिन्दाको आरोपमा पक्राउ गरेको थियो । यी दुईले एक सहकर्मीको लकरमा टाँसिएको कुरानको श्लोक लेखिएको स्टिकर उक्काएको भन्दै उनीहरुले काम गर्ने अस्पतालमा हल्लाखल्ला भएपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

द टाइम्सका अनुसार तहरिक ए लबैक पार्टीका इस्लामिक अभियन्ताहरुले अस्पतालमा यी दुई महिलालाई झुण्ड्याउन माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा भाग्न खोजेपछि मरयम लाललाई चक्कु समेत प्रहार गरिएको थियो । लालदका अनुसार उनी र उरुजलाई अस्पतालकी मुख्य नर्सको लकर सफा गर्न र व्यवस्थित तरिकाले मिलाउन भनिएको थियो । मुख्य नर्स मुस्लिम हुन् । उनीहरुले कलमको सहायताले स्टिकर उक्काएका थिए । भोलिपल्ट उनहिरुमाथि ईशनिन्दाको आरोप लगाइएको थियो ।

पुलिसका डिएसपी राणा अत्ताका अनुसार शुक्रबारको प्रार्थनापछि भीड जम्मा भएर ती दुई नर्सको हत्याको प्रयास गरेका थिए । ‘हामी घटनास्थलमा गएर उनहिरुलाई बचायौं । अनुसन्धान जारी छ र दुवै नर्सहरु सुरक्षित छन् । उनहिरुलाई १५ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ’ उनले भने । मानव अधिकार समूहहरुले यी आरोपहरुको विरोध गरिरहेका छन् । स्थानीय अधिकारकर्मी लाला रोबिनले भने ‘यो झुटो आरोप हो र अल्पसंख्यकहरुले अहिले पाकिस्तानमा धेरै असुरक्षित महसुस गरिरहेका छन् ।’

यो टिएलपी पार्टीको आफ्नो राजनैतिक धरातल बलियो बनाउने प्रयास भएको बताउँदै उनले फैसलाबादका क्रिस्चियन नर्सहरु ‘डरको राज्य’मा बसिरहेको बताए । यस वर्षको सुरुवातमा पनि एक क्रिस्चियन नर्सलाई उनकी साथीले ईशनिन्दाको झुटो आरोप लगाएपछि ती नर्सलाई बाँधेर यातना दिइएको थियो । फेब्रुअरीमा कराचीको सोभराज मेटरनिटी अस्पतालमा ३० वर्षकी तबिना नाजिर गिलमाथि यातना दिनेहरुमा अस्पतालकै कर्मचारी पनि थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *