त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल समय परिवर्तन

डिसी नेपाल
३१ चैत २०७७ १७:३६

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल समय परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्राविधिक कारणले सिरिजको खेल समय परिवर्तन गरेको जनाएको छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल बैशाख ४ गते दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल बैशाख ११ गते हुनेछ ।

खेल तालिका 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *